धादिङ , ५ कार्तिक
धादिङमा बुधबार १ सय १ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ७८ जना, धुनिबेसी नगरपालिकाका ३ जना, गल्छी गाउँपालिकाका २ जना, गजुरी गाउँपालिकाका १६ जना, बेनिघाट रोराङ गाउँपालिकाका ४ जना, ज्वालामुखी गाउँपालिकाका ३ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना र थाक्रे गाउँपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार पुगेको छ । जसमध्ये ४ सय ८० जना निको भएर घर फर्किएका छन् भने १० जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस