धादिङ, ३ कार्तिक
धादिङमा सोमबार ४१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ७ जना, गजुरी गाउँपालिकाका ३ जना, बेनिघाट रोराङ गाउँपालिकाका १ जना, ज्वालामुखी गाउँपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका १ जना, गंगाजमुना गाउँपालिकाका १ जना, नेत्रावती डबजोङ गाउँपालिकाका १ जना, थाक्रे गाउँपालिकाका ४ जना, खनियाँबास गाउँपालिकाका ६ जना र रुबीभ्याली गाउँपालिकाका १३ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ७९ पुगेको छ । जसमध्ये ४ सय ४८ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस