कृष्ण बहादुर लामिछाने
गोरखा जेष्ठ ९
खानेपानी योजना हस्तान्तरण एवं नेपालकै दोस्रो र गोरखा जिल्लाको पहिलो सुरिक्षत खानेपानी समुदाय घोषणा कार्यक्रम आरुघाट गाउँ पालिका वडा नं. ५ छहारी आधारभूत विद्यालय भल्छोपेको प्राङ्गणमा सम्पन्न भएको हो । आरुघाट गाउँ पालिका वडा नं. ५ को जलदेवी चिस्यानी खानेपानी कार्कीगाउँ, बिरौटा र रातोपाटे धोवीखोलाको पानीमा वैज्ञानिक परीक्षण गर्दा कोलिर्फम नभएको, दिसाजन्य पदार्थ नमिसिएको एवं कुनै पनि हानीकारक जीवाणु नभेटिएकोले उक्त मुहानको पानीबाट भल्छोपेको ३२ घर, भूमेस्थानको २७ घर र सिमराको १८ घर गरी जम्मा ७७ घरमा एक÷एक धारा खानेपानी योजना भएकोले उक्त पानी उपभोग गर्ने समुदायलाई सुरक्षित खानेपानी समुदाय घोषणा गरिएको हो । कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा फिनल्याण्डका प्रतिनिधि, युनिसेफ नेपालका प्रतिनिधि र कोस्डर गोरखाका प्रतिनिधि रहेका छन् । खानेपानी योजनामा युनिसेफ, सि.आर.एस. र गाउँ पालिकाको आर्थिक सहयोग तथा कोस्डर, स्वाँरा सदन, सि.आर.एसको प्राविधिक सहयोग रहेको थियो । राम्जी अधिकारीले सञ्चालन गर्नुभएको खानेपानी हस्तान्तरण एवं सुरक्षित खानेपानी समुदाय घोषणा कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष छविलाल लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
आरुघाट गाउँ पालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण ध्वज खड्काको अध्यक्षता रहेको कार्यक्रममा आरुघाट गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । गाउँ पालिकाकी उपाध्यक्ष कल्पना नेपाली, फिनल्याण्ड राजदुताबासका प्रतिनिधि यारिलुका, युािनसेफ नेपालका प्रतिनिधि अमिज अहमद, राजेश श्रेष्ठ, शुरेन्द्र बाबु ढकाल विश्व खाद्य संगठनका प्रतिनिधि सुधनराज पन्थी, फिनल्याण्ड राजदुताबासका प्रतिनिधि कामना गुरुङ, कोस्डरका प्रतिनिधि काजीराम रोक्का, एजजिओ फेडेरेसनका पुरुषोतम ढकाल लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा खानेपानी उपभोक्ता समितिका सदस्यहरु, स्थानी तहका जनप्रतिनिधिहरु, उपभोक्ताहरु, पत्रकारहरु र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस