धादिङ ०२ कार्तिक
कोरोना सङ्क्रमणका कारण धादिङमा थप १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं ३ का ९३ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै धादिङमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । आइतबार धादिङमा २ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेमा धुनीबेशी नगरपालिका वडा नं ६ का ३४ वर्षीय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ का ३४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको हो । योसँगै धादिङमा जम्मा सङ्क्रमितको सङ्ख्या ८ सय ३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस