धादिङ कार्तिक ०१
धादिङमा नेपाली काङ्ग्रेस लगायतका दलहरु परित्याग गरी नेकपा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका लगायत विभिन्न गाउँपालिकाहरुमा नेपाली काङ्ग्रेसका विभिन्न तहका नेताहरुको नेतृत्वमा नेकपामा प्रवेश गरिरहेका छन् । यसैबिच शनिबार जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. १० ज्यामरुङमा नेपाली काङ्ग्रेस परित्याग गरी ४० जना भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरु नेकपा प्रवेश गरेका हुन् । नेकपा प्रदेश कमिटी सदस्य एव बागमीत प्रदेशका सांसद जगत सिंखडाले नवप्रवेशीहरुलाई नेकपामा स्वागत गर्दै देशको नेतृत्व गरिरहेको पार्टी नेकपामा प्रवेश गरेको धन्यवाद दिदै राज्यलाई सही नेतृत्व दिने र विकास तथा अग्रगमनको नृतत्व नेकपाले बाहेक अरु कुनै पार्टीले गर्न नसक्ने धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस