धादिङ ३० असोज
नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका ३ धादिङको १४ औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । व्यक्ति व्यक्तिमा भएका थोरै पुँजीलाई एकत्रित गरी केही गर्न सामुहिक भावनाको विकास गराई महिलाको आयस्तरमा सहयोग पुर्याउने उद्दश्यले २०५८ सालमा नारी विकास बचत तथा ऋण सहकारी संस्था तदर्थ समितिको निर्माण गरी संस्थालाई सहकारी ऐन २०४८ सँग अनुबन्ध गराउने प्रयासको बाबजुद २०६३ मा केन्द्रीय सहकारी कार्यलयमा दर्ता भएको संस्था हो । नारी जागरण केन्द्र र नारी विकास बचत तथा ऋण सहकारीको संयुक्त पहलमा यस क्षेत्रमा मात्रै १५ लाख बरावर बजेट विनियोन गरेको छ भने आगामी वर्षदेखि संस्थाले आफ्नै भवनबाट लैङ्गिक हिंसा प्रभावितका लागि सुरक्षित आवास तथा दुवै संस्थाको कार्यलय सञ्चालन गरिने लक्ष्यका साथ भवन निर्माण कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ ।
१ हजार २ सय ५० सेयर सदस्य तथा ४ सयको हाराहारीमा बाल बचतकर्ता रहेको उक्त सहकारीको समूह आरक्षण कोषतर्फ ११ लाख ६ हजार ८ सय ६८ रुपयाँ रहेको छ भने लैंगिक हिंसा राहतकोषतर्फ ३ लाख ८३ हजार ५ सय ९ै रुपैयाँ रहेको छ । संस्थाले आफ्ना शेयरसदस्यहरू बीच ३ करोड १० लाख ३४ हजार ३ सय ७ रुपैंया लगानी गरेको छ भने आर्थिक वर्ष ०७६/०७७ असार मसान्तसम्म सम्पूणर् खर्च कटाई १३ लाख भन्दा बढी नाफा गरेको छ । नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भगवती उप्रेतिको अध्यक्षता रहेको कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका शेयर सदस्यहरु लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थाले यही असोज २० गतेदेखि भौतिक दुरी कायम गर्दै सरकारले लागु गरेको सम्पूणर् स्वास्थ्य मापदण्ड पुरा गरी सेयर सदस्यहरुलाई हरेक दिन दैनिक तालिका बनाइ प्रतिवेदन वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस