असोज ३० गते
विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण धादिङ जिल्ला उच्च जोखिममा परेको छ । दिनप्रतिदिन कोरोना सङ्क्रमितको संख्या बढेसँगै धादिङ जिल्ला उच्च जोखिममा परेको हो । जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको निषेधाज्ञालाई परिमार्जन गरी केही खुकुलो र शैक्षिक संस्थाहरु खुल्ला भएपछि जिल्लामा कोरोना सङ्क्रमितको संख्या हवत्तै बढ्दै गएको स्थानीयहरुको भनाई छ । जिल्ला प्रशासन कार्यालय धादिङले निषेधाज्ञालाई खुकुलो बनाउँन साथ दैनिक ३६ जना देखि १३२ जना सम्म कोरोना संक्रमितहरु बढ्दै गएको छ । पछिल्लो समयमा धादिङमा ६ महिने दुधे बालबालिका लगायत विद्यालय जाने विद्यार्थीहरुमा समेत बढी मात्रामा कोरोना देखिएको छ ।
स्वास्थ्य कार्यालय धादिङको बिहिबार सम्मको तथ्याङक हेर्दा जिल्लामा ७८० जना कोरोना संक्रमितको संख्या रहेको छ भने ८ जनाको मृत्यु भैसकेको छ । तर जिल्ला प्रशासन कार्यालय धादिङले असाोज २८ गते देखि कोरोना सङ्क्रमितको संख्या बढेसंगै जारी गरेको निषेधाज्ञा भने कुनै कार्यन्वयनमा आएको छैन् । सामान्यतय निषेधाज्ञा जारी गरेको समयमा हिड्डुल गर्न सम्म पाइदैन् तर धादिङ जिल्लामा भने अहिले महत्सव, जात्रा जस्तै मानिसहरुको भिडभाड बढेको छ । अझ कोरोना सङ्क्रमितहरु समेत खुलेआम बजार क्षेत्रमा हिडडुल गरेका एक स्थानीयले बताएका छन् । निषेधाज्ञाको समयमा बजार क्षेत्रमा कडाई गर्न नसक्नु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धादिङको भने कमी कमजोरी देखिएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्ल सँग बुझ्दा स्थानीय तहहरुले पूर्ण रुपमा बन्द गराउने सिफारिस गरेको खण्डमा धादिङ जिल्लामा निषेधाज्ञा थप कडाई गर्ने बताए । उहाँका अनुसार जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बजार क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, पसलहरु सञ्चालन गर्न दिएको पौड्लले बताए । असोज २८ गते प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्लको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले राति १२ बजेदेखि लागू हुने गरी अर्को सूचना नआउँदा सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै जिल्लामा सङ्क्रमितहरुको संख्या बढ्दै गएकाले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम असोज ११ गते सम्म कायम रहेको निषेधाज्ञालाई केही परिमार्जन गरि जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाई राति १२ः०० बजे देखि अर्को आदेश नहुनजेलसम्म जिल्लाभर निषेधाज्ञा थप गरिएको थियो । बैठकले विभिन्न जिल्लाहरुबाट धादिङ प्रवेश गर्ने यात्रुहरुबाट संक्रमण फैलन नदिनको लागि जिल्ला प्रवेशका नाकाहरुमा थप कडाईका साथ चेकजाँच गर्ने, स्वास्थ्य मापदण्ड पुरा गर्ने र गराउनको लागि रेडक्रस, सुरक्षा निकाय र स्थानीय संघ संस्थासँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने, स्थानीय क्षेत्रमा संचालन हुने भाडाका सवारी साधनको स्वास्थ्य मापदण्ड पुरा सुरक्षित सेवा प्रदान गर्ने र नगरेको समयमा विशेष चेकजाँच गर्ने समेत निर्णय भएको थियो । यसै गरी बैठकलले शैक्षिक संस्थाहरु संचालन नगर्न, दशैँ लगाएतका चाडपर्वहरु मनाउने सन्दर्भमा एकाघर परिवारमा वसिरहेका सदस्यहरु बाहेक नाता, कुटुम्ब तथा छिमेकीहरु भेला नहुने, मेला, पर्व लाएतका भेला हुने कार्यक्रमहरु नगर्न पनि आग्रह गरेको छ । त्यस्तै भिडभाड कम गर्न र सेवा प्रवाह व्यवस्थित गर्नको लागि सरकारी कार्यलयको टोकन प्रणाली अथवा आलोपालो प्रणाली लागु गर्न सकिने बैठकले मापदण्ड बनाएको छ । पसलहरुमा सामाजिक दुरी कायम गर्ने, यदि ग्राहकहरु सँग ५ मिनेट भन्दा बढि बस्नुपरेका फेस सिल्ड प्रयोग गर्नुपर्ने, सार्वजनिक सवारी साधनहरुले सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाईने मापदण्ड बनाईएको थियो ।
प्रतिक्रिया दिनुहोस