धादिङ,२९ असोज
धादिङको नीलकण्ठ नगरपालिकामा बुधबार एकै दिन ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २५ गते कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको पीसिआर परीक्षणमामा बुधबार एकैदिन ९७ जनामा संक्रमण पुष्टि भएको हो । नगरपालिकाका विभिन्न वडाका गरी आइतबार २ सय १५ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पठाईएकोमा ९७ जनाको पोजिटिभ रिपोर्ट आएको नगरपालिकाले जानकारी दिएको छ । थप पुष्टी भएका सङ्क्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं २ का ६ जना, वडा नं ३ का ४४ जना, वडा नं ४ का १२ जना, वडा नं ५ का १ जना, वडा नं ६ का १ जना, वडा नं ७ का ५ जना, वडा नं ८ का ११ जना, वडा न ९ का २ जना, वडा नं १२ का ११ जना, वडा नं १३ का १ जना र वडा नं १४ का १ जना , सिद्धलेक गाउँपालिका वडा नं २ का १ जना र ज्वालामुखी गाउँपालिका वडा न. ६ का १ जना रहेको नगरपालिकाले जानकारी दिएको छ । जिल्लामै पहिलो पटक सदरमुकाम आसपासमा यति ठुलो सङ्ख्यामा सङ्क्रमित पुष्टी हुदा नगरबासीमा त्रास देखिएको छ । धादिङबेसी बजार क्षेत्र आसपासका मात्र ४४ जना सङ्क्रमित पुष्टी भएपछि दशै तिहार नजिकिदै गर्दा सङ्क्रमणको जोखिम अत्याधिक हुनसक्ने बजारबासीमा चिन्ता बढेको छ ।
प्रतिक्रिया दिनुहोस