धादिङ २८ असोज
गजुरी प्राथमिक स्वास्थ्य केन्द्र धादिङमा कार्यरत २ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरु पूणर् रुपमा बन्द गरिएको छ । गजुरी प्राथमिक स्वास्थ्य केन्द्रले बुधबार एक सूचना गरी गरी अर्को सूचना नआउन्जेलसम्मको लागि सबै सेवाहरु बन्द गराएको हो । असोज २५ गते कार्यालयका २ जना कर्मचारीहरु सहित १४ जनाको स्वाब संकलन गरी पिसिआर रिपोर्टको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाएकोमा बुधबार ८ जनाको रिर्पोट पोजेटिभ आएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस