धादिङ, २८ असोज
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमितहरुको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय धादिङले पुनः निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडलको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार राति १२ बजेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बुधबार जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै जिल्लामा सङ्क्रमितहरुको संख्या बढ्दै गएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम असोज ११ गते सम्म कायम रहेको निषेधाज्ञालाई केही परिमार्जन गरी जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाई राति १२ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्म जिल्लाभर निषेधाज्ञा थप गरिएको हो । शिक्षण संस्थाहरु विद्यालय, महाविद्यालय, बौद्ध विद्यालय, प्राबिधिक शिक्षा, ट्युशन सेन्टर, तालिम केन्द्र आदि संचालन नगर्ने, दसैँ लगायतका चाडपर्वहरु मनाउने सन्दर्भमा एकाघर परिवारमा बसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्ब तथा छिमेकीहरु भेला नहुने, मेला, पर्व, जात्रा, महोत्सब, कन्सर्ट जस्ता भिडभाड हुने कार्य नगर्नेरनगराउने, सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरी सामुहिक पूजा, अर्चना प्राथना नगर्ने÷नगराउने, कुनै पनि प्रकारको भिडभाड हुने प्रतिस्पर्धात्मक खेल वा प्रतियोगिता लगायतका मनोरञ्जनका कुनै पनि कार्य, लिङ्घे पिङ, रोटे पिङ नखेल्ने ,सामुहिक भेला, गोष्ठी, सभा सम्मेलन, पार्टी प्यालेस, जिम खाना जस्ता जनसमूह भेला हुने जस्ता कार्यहरु नगर्ने र नगराउने, भिडभाड कम गर्ने र सेवा प्रवाह व्यवस्थित गर्नको लागि सरकारी कार्यालयहरुले टोकन प्रणाली वा आलोपालो प्रणाली दुबै लागु गर्ने, पसल, व्यवसाय, यातायातका साधनहरु सञ्चालन गर्दा व्यवसायीले मास्क, सेनेटाइजर, लगाउनु पर्ने र लामो तथा छोटो दुरीका सार्वजनिक तथा नीजि सवारी साधनहरुको सञ्चालनमा नेपाल सरकार मन्त्रिपरिषद्को निणर्य बमोजिम गर्ने र गराउने निर्णय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गरेको छ ।
प्रतिक्रिया दिनुहोस