धादिङ, २८ असोज
धादिङमा बुधबार १४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष, वडा नम्बर ३ का ६ महिनाको बालक, १४ वर्षीय महिला, २९, ३३, ३७ र ८६ वर्षीय पुरुष, वडा नम्बर ४ का २७ वर्षीय महिला, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का ६९ वर्षीय पुरुष, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय पुरुष, खनियाँबास गाउँपालिका वडा नम्बर ५ का २२ र ४२ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ४८ पुगेको छ । जसमध्ये ३ सय ९९ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस