धादिङ २६ असोज
सोमबार धादिङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ, भने ९ जना सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीका २२ वर्षीय युवा रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो संगै कोरोनाका कारण धादिङमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । यस्तै आइतबार धादिङमा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३१, ४१ र ४५ वर्षीय पुरुष, ३६ वर्षीय महिला, नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ का ३१, ३२ पुरुष र वडा नम्बर १ का ६४ वर्षीय पुरुष, थाक्रे गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुष र गंगाजमुना गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय २७ पुगेको छ । जसमध्ये ३ सय ८३ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस