धादिङ , २५ असोज
सोमबार धादिङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीका २२ वर्षीय युवा रहेका छन् । केही दिन अगाडि कोरोना पुष्टी भएसँगै काठमाडौंमा उपचार गराइरहेका ती युवाको सोमबार मृत्यु भएको हो । यद्यपी स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले मृत्यु भएको हल्ला सुनिएता पनि आधिकारी जानकारी नआएको बताए । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस