धादिङ २६ असोज
एकिकृत सामुदायिक विकास अभियान ( ICDC) नेपाल धादिङको अध्यक्षमा पुनः गोपाल लम्साल चयन भएका छन् । आइतबार सम्पन्न २३ औं वार्षिक साधारण सभा एवम् आठौं अधिवेसनबाट अध्यक्षमा लम्साल चयन भएका हुन् । ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मोदनाथ कोइराला (प्रदिप), सचिवमा शालिकराम दुवाडी, सहसचिवमा पम्फा मगराती र कोषाध्यक्षमा गोपाल गुरुङ चयन भएका छन् भने सदस्यहरुमा बलराम लम्साल, कविता छत्कुली, सितादेवी खनाल र केशव नेपाल रहेको एकिकृत सामुदायिक विकास अभियान ( ICDC) नेपाल धादिङले जनाएको छ । एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल धादिङका अध्यक्ष परशुराम दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैह्र सरकारी संस्था महासंघ नेपालका निवर्तमान अध्यक्ष गोपाल लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । लम्साल ICDC नेपालको संस्थापक अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस