धादिङ २४ असोज
शनिबार धादिङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने १६ जनामा सङ्क्रमण पुष्टी भएको छ । कोरोनाका कारण नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसंगै धादिङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै धादिङमा शनिबार १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का १ जना, गल्छी गाउँपालिका वडा नम्बर ६ का ५ जना, धुुनिबेसी नगरपालिका वडा नम्बर ५,७ र ८ का ३ जना, थाक्रे गाउँपालिका वडा नम्बर ६, ७, ८ र ११ का ४ जना, खनियाँबास गाउँपालिका वडा नम्बर ४ र ५ का २ जना र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय १५ पुगेको छ । जसमध्ये ३ सय ७७ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस