धादिङ , २३ असोज
शुक्रबार धादिङमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने २८ जना सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँँपालिका वडा नम्बर ७ का ४५ वर्षीय पुरुष र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।यो संगै कोरोनाका कारण धादिङमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै धादिङमा शुक्रबार २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का २ जना, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर नम्बर ५ का १० जना, वडा नम्बर ७ का १० जना, गजुरी गाउँपालिका वडा नम्बर १ का २ जना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का १ जना, खनियाँबास गाउँपालिका वडा नम्बर ५ का १ जना, धुनिबेसी नगरपालिका वडा नम्बर ६ का १ जना रहेकोे स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ९९ पुगेको छ । जसमध्ये ३ सय ७७ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस