धादिङ २२ असोज
धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लाको पुरानो र उत्कृष्ठ शैक्षिक उपलब्धी हासिल गर्दै गएको संस्थागत विद्यालय धादिङ आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरुको परीक्षा घरघरमै लिने निणर्य गरेको छ । विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बिहिबार एक सूचना जारी गर्दै असोज १३ गतेबाट भौतिक रुपमा नै पठन पाठन सञ्चालन गर्दै आएता पनि दिन प्रतिदिन स्थिति असहज बन्दै गएकाले शिक्षक, विद्यार्थी एवं अभिभावकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अभिभावकहरुलाई विद्यालयमा उपस्थित गराएर असोज २६ गतेबाट विद्यार्थीहरुलाई घरघरमै परीक्षा सञ्चालन गर्ने मोडालिटी अबलम्बन गरिएको जानकारी दिनुभयो । विद्यालयले अभिभावकलाई प्रश्नपत्रका लागि असोज २५ गते ११ बजे विद्यालयमा उपस्थित हुन आग्रह गरेको छ । यस्तै घरमै हुने एकाइ परीक्षाको २० प्रतिशत अङ्कलाई वार्षिक परीक्षामा समेत जोडिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस