धादिङ १८ असोज
गुण्डागर्दी तथा आपराधिक कृयाकलापमा सङ्लग्नलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने जिल्ला प्रहरी पुमख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनु भएको छ । सम्पति सुद्धीकरण विभाग काठमाडाँैबाट बुधबार धादिङमा प्रहरी प्रमुखका रुपमा सरुवा भई आउनु भएको खड्काले पत्रकारहरुसँगको भेटघाटका क्रममा सो कुरा बताउनु भएको हो । खड्काले धादिङ जिल्ला हिमालदेखि तराई सम्म फैलिएको, देशकै सबैभन्दा व्यस्त राजमार्गको लामो खण्ड रहेको कारण बहुआयामिक भएकाले राजमार्ग क्षेत्रमा हुने विभिन्न दुर्घटना न्यूनीकरण र जिल्लाको उत्तरी क्षेत्रमा हुने आपराधिक कृयाकलापलाई रोक्न पनि आफूले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक लोकनाथ तिमल्सिना लगायत जिल्ला स्थित विभिन्न सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस