धादिङ १७ असोज
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नीलकण्ठ नगरपालिका ५, फ्याक्सेमा टोल कमिटी गठन भएको छ । १९ सदस्यीय फ्याक्से टोल कमिटीको सचिवमा डिल बहादुर श्रेष्ठ, सहसचिवमा गोविन्द श्रेष्ठ रहनुभएको छ । जनयुद्धको उर्वर भूमि तथा जनयुद्धका सहिदहरुको गाउँ धादिङको खाल्टे फ्याक्सेमा नेकपाले तिव्र रुपमा सङ्गठन विस्तार गर्ने क्रममा टोल कमिटी गठन भएको हो । उल्लेख्य मात्रामा नेकपा नेता तथा कार्यकर्ताको सहभागितामा भएको भेलामा नीलकण्ठ नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं नेकपा नगर कमिटी सदस्य राम बहादुर श्रेष्ठ, नेकपा नीलकण्ठ ५ का अध्यक्ष, सचिव लगायत नेकपा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस