धादिङ १७ असोज
धादिङमा शनिबार ४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय महिला र ५० वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय पुरुष र गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय ७२ पुगेको छ, जसमध्ये २ सय ९५ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस