धादिङ १६ असोज
धादिङमा शुक्रबार २२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २३, ३३, ४३ र ४६ वर्षीय पुरुष र ४८ वर्षीय महिला, वडा नम्बर ४ का २८ वर्षीय पुरुष, वडा नम्बर ५ का २१ वर्षीय पुरुष, वडा नम्बर ८ का १८ र ४३ वर्षीय महिला, ४८ वर्षीय पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का २६,२६, वर्षीय महिला २१, २५ वर्षीय पुरुष, वडा नम्बर ११ का ३७ वर्षीय पुरुष, थाक्रे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय महिला र ३२ वर्षीय पुरुष, गजुरी गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय पुरुष, वडा नम्बर ६ का ५१ वर्षीय पुरुष, वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ का २४ वर्षीय महिला, गल्छी गाउँपालिका वडा नम्बर ६ का २७ र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय ६८ पुगेको छ, जसमध्ये २ सय ९३ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस