धादिङ १५ असोज
धादिङमा बिहिबार ११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय महिला, वडा नम्बर १० का १७ वर्षीय पुरुष, थाक्र्रे गाउँपालिका वडा नम्बर २ का ४४ वर्षीय पुरुष, वडा नम्बर ३ का २४ वर्षीय पुरुष, गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का २१,२१ वर्षीय महिला, वडा नम्बर ७ का २२ वर्षीय महिला, ३० वर्षीय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय पुरुष, ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षीय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ का २४ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय ४६ पुगेको छ, जसमध्ये २ सय ८७ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस