धादिङ जेष्ठ ८
विद्यार्थीहरुको आवश्यकता, माग र चाहनालाई मध्यनजर गर्दै जिल्लाकै संस्थागत विद्यालयतर्फको पहिलो विद्यालय सुनगाभा एकेडेमीले पौडी कक्षा सञ्चालन गर्न लागेको छ । विद्यार्थीहरुको शारीरिक, मानसिक एवं मनोवैज्ञानिक रुपमा सबल बनाउन विभिन्न किसिमका क्रियाकलापहरु गराउँदै आएको यस विद्यालयले कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरुलाई हरेक हप्ताको शुक्रबार पौडी कक्षा सञ्चालन गर्न लागेको हो । छात्र र छात्रा विद्यार्थीहरुलाई समुहमा विभाजन गरी फरक फरक समयमा कक्षा सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले जानकारी दिनुभयो । धादिङ क्रिक रिसोर्टसँगको सहकार्यमा सञ्चालन हुँने पौडी कक्षा क्रिक रिसोर्ट सिरान बजारमा हुने छ ।
प्रतिक्रिया दिनुहोस