धादिङ १४ असोज
धादिङमा बुधबार ८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा गजुरी गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय महिला, वडा नम्बर ४ का २५ महिला, वडा नम्बर ६ का ३३ वर्षीय पुरुष, थाक्र्रे गाउँपालिका वडा नम्बर ८ का १९ र २१ वर्षीय पुरुष, वडा नम्बर ६ का ६० वर्षीय पुरुष र ८३ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय ३५ पुगेको छ, जसमध्ये २ सय ८६ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस