धादिङ १४ असोज
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भएको धादिङबेसी भर्याङभुरुङ सडकको कालोपत्रे गर्ने काम पुनः सुरु भएको छ । नेपाल सरकार राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणको आर्थिक सहयोग तथा पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङको आयोजनामा उक्त सडक-खण्डको कालोपत्रे गर्ने काम सुरु भएको हो । नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २६ करोड लागतमा धादिङबेसी सिरानबजारबाट ८ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको सोही आयोजनाका म्यानेजर विष्णु राउतले जानकारी दिनुभयो । करिब ६ मिटर फराकिलो उक्त सडकको साढे ४ मिटर चौडा भाग कालोपत्रे गरिने छ । मौसमले साथ दिएमा दशै अगाबै कालोपत्रे गर्ने काम सम्पन्न गरिसक्ने लक्ष्य रहेको राउतले बतउनु भयो ।
तस्बिर : सुमन अधिकारी
प्रतिक्रिया दिनुहोस