धादिङ १३ असोज
विश्व मुटु दिवस सेप्टेम्बर २५ धादिङमा पनि विभिद कार्यक्रमका साथ मनाइएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको आयोजनामा मङ्गलबार बिहान प्रभातफेरी, साइक्लिङ यात्रा तथा कोरोना सङ्क्रमितहरुलाई स्वास्थ्य सामाग्रीका साथै फलफूल वितरण गरिएको हो । नियमित स्वास्थ्य जाँच गराऔं, मुटुलाई सँधैं स्वस्थ राखौं भन्ने नाराका साथ आयोजना गरिएको प्रभातफेरी धादिङबेसीको बीच बजारबाट सुरु भइ पुछारबजार हुदैँ जिल्ला अस्पतालको प्राङ्गणमा समापन भएको थियो ।
सोही अवसरमा २५ जना साइकल यात्रीहरुले मुटुलाई स्वस्थ राख्न शारीरिक व्यायाम अनिवार्य हुन्छ भन्ने सन्देश दिदै ससाहदेखि धादिङबेसी बजार परिक्रमा गर्दै साइकल र्याली समेत गरेका थिए । विश्व मुटु दिवसको अवसरमा कोरोनाका कारण पछिल्लो समयमा मुटु रोगीहरुमा निकै समस्या उत्पन्न भएकाले सचेत रहन नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङका सचिव राजकुमार श्रेष्ठले आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस