धादिङ १३ असोज
धादिङमा मङ्गलबार ३ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुष, थाक्र्रे गाउँपालिका वडा नम्बर १० का ४७ वर्षीय वर्षीय पुरुष र ज्वालामुखी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय २७ पुगेको छ, जसमध्ये २ सय ८५ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस