धादिङ १२ असोज
धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं. ४ को वडा कार्यालय भवन निमाणर् सम्पन्न भइ आफ्नै भवनबाट गत हप्ता देखि सेवा प्रारम्भ भएको छ । कोभिड १९ को कारणले ठुलो तामझाम सहितको भेला गरी उद्घाटन नगरे पनि वडा अध्यक्ष सुरेन्द्र चेपाङले वडा समितिको बैठक राखि वडाबाट सुचना जारी गरी सुभारम्भ गर्नुभएको छ । गजुरी गाउँपालिकाको ८ वटा वडा मध्ये वडा नं.४ आफ्नै वडा कार्यालयबाट सेवा प्रारम्भ गर्ने वडामा पहिलो बनेको छ । भौगोलिक हिसाबले दुर्गम वडा भए पनि आधारभुत स्वास्थ्य इकाईको भवन पनि निमाणर् सम्पन्न भइ आफ्नै भवनबाट स्वास्थ्य सेवा सुचारु गरेको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित चेपाङ वडा अध्यक्षले निर्वाचित भएसँगै स्वास्थ्य, शिक्षा, बिधुत र सडकलाई पाथमिकता दिनुभएको छ । वडा नं.४ को सबै भेगमा विधुतीकरण तिब्र गतिमा काम हुदै गरेको छ । वडा अध्यक्ष चेपाङ आफू सधै जनताको सेवामा समर्पित भएको र जनताको शासक भन्दा पनि सेवक भएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस