धादिङ १२ असोज
धादिङमा सोमबार ११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ९ वर्षीय बालिका, १३, १५ र ३७ महिला तथा ३४ वर्षीय पुरुष, थाक्र्रे गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय महिला, वडा नम्बर ११ का २३ र ४२ वर्षीय महिला तथा ४६ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय पुरुष र गजुरी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय २४ पुगेको छ, जसमध्ये २ सय ८४ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस