भुवन भण्डारी
धादिङ ११ असोज
धादिङको गजुरी गाउँपालिका अन्तर्गतका थप २ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु हुने भएको छ । बागमती प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि गाउँपालिकाका थप २ विद्यालयलाई छनौट गरी कार्यक्रम लागु गर्ने भएको हो । यसै आर्थिक वर्ष २०७७/०७८ देखि लागु हुने गरी गजुरी गाउँपालिकाको वडा नं. १ मा रहेको आदर्श माध्यमिक विद्यालय र वडा नं. ३ राक्सिङमा रहेको महेन्द्रोदय माध्यमिक विद्याय छनौट भएको हो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले बुधबार एक सूचना जारी गर्दै उक्त विद्यालयहरुमा आर्थिक वर्ष २०७७/०७८ मा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागू हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस