धादिङ १० असोज
धादिङमा शनिबार ५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का ५१ वर्षीय महिला र ५४ वर्षीय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय पुरुष र वडा नम्बर ६ का ३६ वर्षीय पुरुष र थाक्रे गाउँपालिका वडा नम्बर २ का २० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय १२ पुगेको छ, जसमध्ये २ सय ७० जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस