धादिङ ८ असोज
धादिङमा बिहिबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ६३ वर्षीय महिला, ८८ वर्षीय महिला, र ४८ वर्षीय पुरुष, वडा नम्बर ८ का ५३ वर्षीय पुरुष, थाक्रे गाउँपालिका वडा नम्बर ३ का ४९ वर्षीय पुरुष र वडा नम्बर ११ का ४३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ सय ४ पुगेको छ, जसमध्ये २ सय ६९ जना निको भएर घर फर्किएका छन् । पालिकागत रुपमा हेर्दा नीलकण्ठ नगरपालिकामा १ सय ३ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६९ जना, गल्छी गाउँपालिकामा ६६ जना र ज्वालामुखी गाउँपालिकामा ४९ जना, धुनीबेसीमा २२ जना, थाक्रे गाउँपालिकामा २० जना, बेनिघाट रोराङ गाउँपालिकामा १५ जना, सिद्धलेक गाउँपालिकामा १४ जना, नेत्रावती डबजोङ गाउँपालिकामा १० जना, गजुरी गाउँपालिकामा १२ जना, गंगाजमुना गाउँपालिकामा १३ जना, खनियाबास गाउँपालिकामा ५ जना, रुविभ्याली गाउँपालिकामा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ गरी ४ सय ४ जना रहेको थापाले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस