धादिङ ०७ असोज
जिल्ला अस्पताल धादिङमा कार्यरत एक जना कर्मचारीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । असोज ६ गते जिल्ला अस्पतालमा कार्यरत ७ जना कर्मचारीहरुको स्वाव संकलन गरी पिसिआर रिपोर्टको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पाठाएकोमा बुधबार मात्र रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनु भयो । विकका अनुसार अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ आएपछि अस्पतालका सेवाहरु बन्द भएको छ । बुधबार अस्पतालले एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालबाट प्रदान हुने ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुति सेवा बाहेक सम्पूणर् सेवाहरु बन्द गरिएको छ । कोरोना संक्रमित स्वास्थ्यकर्मीसँग सम्पर्कमा नरहेका अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सम्पूणर् उपायहरु अपनाउँदै पिपिई सेट लगाएर ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुति सेवा सञ्चालन हुने अस्पताल स्रोतले जनाएको छ । यस्तै अस्पतालबाट प्रवाह हुने ओपिडी लगायत अन्य सेवाहरु समेत कटौती गरिएको छ । हाल सम्म धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ९८ रहेको छ, जसमध्ये २ सय ६१ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस