धादिङ ०७ असोज
धादिङमा बुधबार ११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का १९, ३० र ३९ वर्षीय महिला तथा २४ र ४१ वर्षीय पुरुष, वडा नम्बर ८ का २५ वर्षीय पुरुष, वडा नम्बर १० का ३५ वर्षीय पुरुष वडा नम्बर १२ का ५४ वर्षीय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुष, थाक्रे गाउँपालिका वडा नम्बर ८ का ४७ वर्षीय पुरुष र गजुरी गाउँपालिका वडा नम्बर २ का ५३ वर्षीय महिलामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३ सय ९८ पुगेको छ, जसमध्ये २ सय ६१ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस