धादिङ ०६ असोज
४१ औँ सामाजिक सेवा दिवस २०७७ को अवसरमा मङ्गलबार घाटबेसीमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ८० जना पुरुष र १० जना महिला सहित ९० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका मन्त्री दुर्लभ कुमार तामाङले बताउनु भयो । सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रमको आयोजना नेपाल रेडक्रस सोसाइटी पिडा उपशाखाले गरको थियो भने प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस