धादिङ ०४ असोज
धादिङमा आइतबार ३४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएका छन् । थप पुष्टी हुनेहरुमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ का २८ वर्षीय महिला, वडा नम्बर १३ का ७२ वर्षीय पुरुष, धुनिवेसी नगरपालिका वडा नम्बर ४ का ३३ वर्षीय पुरुष वडा नम्बर ५ का २० वर्षीय महिला, गल्छी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षका ६ जना, २७ वर्षका २ जना, ३० वर्षीय पुरुष, २६ वर्षीय महिला र ठेगाना नखुलेका २ जना गरी १५ जना रहेका छन् । यस्तै गजुरी गाउँपालिका वडा नम्बर १ का ३२, ३५ वर्षीय पुरुष, ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय महिला र ८० वर्षीय वृद्धा , वडा नम्बर ४ का २३ वर्षीय महिला, वडा नम्बर ५ का २२ वर्षीय महिला, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २ का २० वर्षीय महिला, वडा नम्बर ३ का ६४ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय महिला, र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ८० रहेको छ, जसमध्ये २ सय ४२ जना निको भएर घर फर्किएका छन् । पालिकागत रुपमा हेर्दा नीलकण्ठ नगरपालिकामा ९४ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६७ जना, ज्वालामुखी गाउँपालिकामा ४३ जना, धुनीबेसी नगरपालिका २० जना, गल्छी गाउँपालिकामा ६६ जना, थाक्रे गाउँपालिकामा १६ जना, बेनिघाट रोराङ गाउँपालिकामा १५ जना, सिद्धलेक गाउँपालिकामा १२ जना, नेत्रावती डबजोङमा १० जना, गजुरी गाउँपालिकामा १० जना, खनियाबास गाउँपालिकामा ५ जना, गंगाजमुना गाउँपालिकामा ९ जना, रुविभ्याली गाउँपालिकामा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ९ जना गरी ३ सय ८० जना रहेका छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस