धादिङ ०३ असोज
कोरोना भाइरसका कारण ६ महिना देखि बन्द भएका विद्यालयहरु सञ्चालन गर्न नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको निणर्यलाई बेनिघाट रोराङ गाउँपालिकाले कार्यान्वयन गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण बन्द भएका पठन पाठनहरु सुचारु गर्न २०७७ भदौ १९ गतेको मन्त्रीस्तरीय निणर्यलाई बेनिघाट गाउँपालिकाले कार्यान्वयन गरेको हो । नेपाल सरकारद्धारा स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ ले निदिषर््ट गरेको परिधि/मापदण्द भित्र रही निर्देशिका बमोजिम असोज ४ गतेदेखि मापदण्ड कायम गरी विद्यालयहरु सञ्चालन गर्ने निणय गरेको थियो । सोही निर्देशिका अनुसार विद्यालय सञ्चालन गर्न गाउँपालिकाको असोज २ गते बसेको सर्वपक्षीय छलफलपछि गाउँ शिक्षा समितिले विभिन्न निणर्णहरु गरेको छ । विद्यालयका सबै शिक्षक कर्मचारीहरु असोज ४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित भई विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ कार्यान्वयनमा जुट्ने, सामान्यतय १०० जना विद्यार्थी भएका विद्यालयहरु पूणर् रुपमा सञ्चालन गर्ने , ३०० सय भन्दा बढी विद्यार्थी भएका विद्यालयहरु सरोकारवालाहरुसँग छलफल गरी सञ्चालन गर्ने र विद्यालय सञ्चालन तथा व्यबस्थापन कार्यमा वडा समिति शिक्षक, अभिभावक, बुद्धिजीवि र सरोकारवाला अभिभावकहरुको समन्वयमा अनुगमन गर्ने जस्ता १० बुद्धे निणर्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस