धादिङ ०३ असोज
धादिङमा शनिबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय महिला, गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का २६ वर्षीय पुरुष, ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का ४३ वर्षीय पुरुष र ठेगाना नखुलेका ५० वर्षीय महिला र ३४ वर्षीय पुरुष सहित ६ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४६ रहेको छ, जसमध्ये २ सय ३७ जना निको भएर घर फर्किएका छन् । पालिकागत रुपमा हेर्दा नीलकण्ठ नगरपालिकामा ९२ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६७ जना, ज्वालामुखी गाउँपालिकामा ३९ जना, धुनीबेसी नगरपालिका १८ जना, गल्छी गाउँपालिकामा ५१ जना, थाक्रे गाउँपालिकामा १६ जना, बेनिघाट रोराङ गाउँपालिकामा १५ जना, सिद्धलेक गाउँपालिकामा १० जना, नेत्रावती डबजोङमा ८ जना, गजुरी गाउँपालिकामा ८ जना, खनियाबास गाउँपालिकामा ५ जना, गंगाजमुना गाउँपालिकामा ९ जना, रुविभ्याली गाउँपालिकामा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ६ जना गरी ३ सय ४६ जना रहेका छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस