धादिङ ३१ भाद्र
असोज १ गतेबाट धादिङ जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न भन्दै २०७६ चैत्र ११ गतेबाट थन्किएका सार्वजनिक यातायात करिब ६ महिनापछि ५० प्रतिशत यात्रु राखेर चल्न पाउने जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बुधबार निणर्य गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले जारी लकडाउनलाई खुकुलो बनाउदै होटलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको छ । यस्तै सरकारी कार्यालय, संघ संस्थाहरु कर्मचारीहरु कटौति गर्दै विशेष स्वास्थ्य सावधानी अपनाउदै सञ्चालन गर्न दिने निणर्य समेत गरेको हो । हाल साझँ ५ देखि बिहान ७ बजेसम्म जारी लकडाउनलाई परिमार्जन गर्दै बैठकले बेलुका ८ देखि बिहान ५ बजेसम्म कायम गरेको हो । यस्तै बैठकले शैक्षिक संस्था, मठमन्दिर, जात्रा मेला सभा, समारोहलाई पूणर् रुपमा रोक लगाउने समेत निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस