धादिङ ३१ भाद्र
धादिङमा बुधबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ६ वर्षीय बालक, २९, ३४, ३६, वर्षीय महिला, वडा नम्बर ८ का ३३ वर्षीय पुरुष र गजुरी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ३३ रहेको छ जसमध्ये २ सय १६ जना निको भएर घर फर्किएका छन् । पालिकागत रुपमा हेर्दा नीलकण्ठ नगरपालिकामा ९१ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६६ जना, ज्वालामुखी गाउँपालिकामा ३७ जना, धुनीबेसी नगरपालिका १८ जना, गल्छी गाउँपालिकामा ५१ जना, थाक्रे गाउँपालिकामा १६ जना, बेनिघाट रोराङ गाउँपालिकामा १० जना, सिद्धलेक गाउँपालिकामा ९ जना, नेत्रावती डबजोङमा ८ जना, गजुरी गाउँपालिकामा ८ जना, खनियाबास गाउँपालिकामा ५ जना, गंगाजमुना गाउँपालिकामा ८ जना, रुविभ्याली गाउँपालिकामा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ४ जना गरी ३ सय ३३ जना रहेका छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस