धादिङ ३० भाद्र
धादिङमा मङ्गलबार ४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ की २२ वर्षीया महिला, वडा नं ७ की १० वर्षीय बालिका, ४४ वर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नं ११ का ४१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय २७ रहेको छ जसमध्ये २ सय १६ जना निको भएर घर फकिएका छन् ।
प्रतिक्रिया दिनुहोस