सुमन अधिकारी
धादिङ ३० भाद्र
गएराती धादिङको नीलकण्ठ ननगरपालिका वडा नम्बर १४ स्थित धुँवाकोटका ५६ वर्षीय कासावती तामाङको घरमा आगोलागी भएको छ । राती १२ बजेको समयमा भएको आगलागीका कारण करिब १ लाख भन्दा बढीको खाद्यान्न, लताकपडा लगायतको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ । आर्थिक अवस्था ज्यादै कमजोर भएका तामाङको भान्छा कोठामा आगोलागी हुँदा घरमा भएका लत्ता कपडा, खाद्यान्न, धान, चामल र भाडाकुडा सबै जलेर नष्ट भएका छन् । आगोलागीको कारणबारे अनुसन्धान भैरहेको धुँवाकोट प्रहरी चौकीका प्रमुख मदुसुदन वस्तीले जानकारी दिनु भयो । तामाङको घरमा आगो लागेको थाहा पाउन साथ स्थानीय बासिन्दाहरुले राती नै आगो नियन्त्रणमा लिएकाले थप मानवीय क्षति भने नभएको धुँवाकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस