धादिङ २९ भाद्र
धादिङमा सोमबार ७ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का २०, २७, २८, २८, ३२, ३३ र ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय २३ रहेको छ जसमध्ये २ सय ४ जना निको भएर घर फकिएका छन् ।
पालिकागत रुपमा हेर्दा नीलकण्ठ नगरपालिकामा ८५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६६ जना, ज्वालामुखी गाउँपालिकामा ३७ जना, धुनीबेसी नगरपालिका १८ जना, गल्छी गाउँपालिकामा ५१ जना, थाक्रे गाउँपालिकामा १६ जना, बेनिघाट रोराङ गाउँपालिकामा ९ जना, सिद्धलेक गाउँपालिकामा ११ जना, नेत्रावती डबजोङमा ९ जना, गजुरी गाउँपालिकामा ७ जना, खनियाबास गाउँपालिकामा ५ जना, गंगाजमुना गाउँपालिकामा ४ जना, रुविभ्याली गाउँपालिकामा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ४ जना गरी ३ सय २३ जना रहेका छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस