धादिङ २९ भाद्र
बागमती प्रदेश सभा सदस्य एवं नेकपा नेता डा. रामकुमार अधिकारीले आगामी स्थानीय तहको चुनावमा नीलकण्ठ नगरपालिकामा काङ्ग्रेसलाई घुडा टेकाउने बताउनु भएको छ । सोमबार जनयुद्धका सहिद मुकुन्द सेन(सन्देश) र हरि कार्कीको अठारौँ स्मृति सभामो बोल्दै सांसद अधिकारीले सो कुरा बताउनु भएको हो ।
सांसद अधिकारीले नेपाली काङ्ग्रेसले नीलकण्ठ नगरपालिकामा विभिन्न विकासका योजना दिदै उपभोक्ता समितिमार्फत ५० प्रतिशत काम गर ५० प्रतिशत खर्च गर भन्दै युवाहरुलाई लोभ देखाएर पार्टी प्रवेश गरी लोकतन्त्रको नाममा लुट मच्चाएको बताउनु भयो ।
विकासको प्रकृया ढिलो हुने भएकाले जेरो बजेट क्याम्पियन सुरु गरेर आमूल परिवर्तनमा आम कार्यकर्ता र जनता लाग्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस