धादिङ २९ भाद्र
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार हुदै धादिङकै अर्को मुख्य सहर गल्छी जोड्ने मार्गलाई जनयुद्धका महान् शहिद मुकुन्द शेनको नामबाट नामाकरण गर्न आफूले पहल गर्ने प्रतिनिधि सभा सांसद एवं नेकपाका केन्द्रीय सदस्य खेम प्रसाद लोहनीले प्रतिबद्धता जनाउनु भएको छ । सोमबार धादिङबेसीमा जनयुद्धका शहिद मुकुन्द शेन(सन्देश) र हरि कार्कीको १८ औँ स्मृति सभामा बोल्दै सांसद लोहनीले सो कुरा बताउनु भएको हो ।
धादिङको सुनौलाबजारमा जन्मिएका सेन लामो समय जनमोर्चा हुदै तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा पूणर्कालीन हुनुभएको थियो । स्थानीय र जिल्लास्तरमै एक कुशल राजनीतिज्ञका रुपमा परिचित सेनलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साल भाद्र २९ गते नेत्रावती डबजोङ गाउँपालिका कटुञ्जेको थर्पु भन्ने ठाउँबाट गिरफ्तार गरी करिब ५ किलोमोटिर तलसम्म घिसार्दै ल्याएर थोपल खोलाको किनारमा गोली हानी हत्या गरेको थियो । उनै कुशल राजनीतिज्ञ एवं समाजसेवी मुकुन्द सेनको स्मृति र सम्मान स्वरुप धादिङबेसी, सुनौलाबजार हुदै फोस्रेटार जाने सडकखण्डको नाम शहिद मुकुन्द सेन मार्ग राख्न पहल गर्ने सांसद लोहनीले बताउनु भएको हो । करिब ३२ किलोमिटर लम्बाइ रहेको उक्त सडकमार्ग हाल कालोपत्रे गर्ने क्रम जारी रहेको छ ।
यस्तै कार्यक्रममा बौल्दै सांसद लोहनीले सहिदहरुको बलिदानीकै कारण देशले महत्त्वपूणर् उपलब्धी हासिल गरेकाले यो उपलब्धीको सदुपयोग गर्नुपर्ने बताउनु भयो ।
सांसद लोहनीले पार्टी एकताका ९० प्रतिशत काम सम्पन्न भएकाले पार्टी एकताको सम्पूणर् कार्य सम्पन्न नहुदासम्म केही अन्यौलता रहने हुदा कार्यकर्ता पङ्तिलाई बिचलित नुहन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस