धादिङ जेष्ठ ६
अप्टिकल फाइबरको बिस्तारले नेपाल एककदम अगाडि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । धादिङको गल्छी मासटारमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो एक वर्षमा धेरै परिवर्तन देखिने बताएका हुन् । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न महत्वपूर्ण मानिएको यो योजनाको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमकाबीच गनुभएको हो । साथै आफ्नो पालोमा जेष्ठ नागरिक भत्तादेखि बेरोजगार भत्तासम्म तथा स्वास्थ्य र शिक्षाका क्षेत्रमा ७ ओटै प्रदेशमा आमूल परिवर्तन ल्याउन आफू लागि परेको बताउनुभएको छ ।
ओलीले देश विकासको बाटोमा अगाडि बढिरहेकोले अनावश्यक कुरामा नअल्झिन आग्रह गरेका छन् । नीतिगत र परिणामूखी योजना सहित सरकार सुखी नेपाल, समृद्ध नेपाली नारालाई साकार पार्न लागि परेको बताएका छन् । साथै धादिङमा राम्रो सिमेन्ट उद्योग हुने भएकाले यस्ता खाले उद्योगलाई अगाडि बढाउन सरकारले सक्दो सहयोग गर्ने पनि बताएका छन् । विकासको गतिलाई तिव्रताको साथ अगाडि बढाउन कृषिलाई आधुनिकीकरण गर्ने सरकारको प्रमुख लक्ष्य रहेको बताउदै राष्ट्रिय गौरवका आयोजनाहरुले देशमा आमुल परिवर्तन ल्याउने बताएका छन् ।
टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३ सय ७६ किलोमिटर फाइबर बिछ्याउने बताउदै यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउने योजनाका साथ कार्यक्रम ल्याइएको प्रधानमन्त्री केपी शर्मा ओलिले बताएका हुन् । नेपाल दुर सञ्चार प्राधिकरणका कार्यवहाक अध्यक्ष पुरुषोतम खनालको अध्यक्षता रहेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यmममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघिय सांसद भूिम त्रिपाठी, खेम प्रसाद लोहनी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल लगायतको आतिथ्यता रहेको थियो ।
फोटो साभार : नागरिक पाटी
प्रतिक्रिया दिनुहोस