धादिङ २८ भाद्र
धादिङमा आइतबार ३१ जना कोरोना सङ्क्रमित पुष्टी भएका छन् । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीमा रहेको नेपाली सेनाको श्री ६ नम्बर बाहिनी अड््डा व्यारेकका २८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । सङ्क्रमितहरुमा १९ वर्षका २ जना, २० वर्षका ४ जना, २१ वर्षका २ जना, २२ वर्षका १ जना, २६ वर्षका १ जना, २७ वर्षका २ जना, ३० वर्षका ३ जना, ३३ वर्षका २ जना, ३४ वर्षका २ जना, ३५ वर्षका ४ जना, ३६ वर्षका २ जना, ३७ र ३८ वर्षका १, १ जना पुरुष र २१ वर्षीय १ महिला रहेका छन् । यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ का २५ वर्षीय १ महिला र ४६ र ४९ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टी भएको हो । योसँगै धादिङमा हालसम्म जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय १६ रहेको छ जसमध्ये २ सय निको भएर घर फकिएका छन् ।
प्रतिक्रिया दिनुहोस