धादिङ २७ भाद्र
विश्व प्राथमिक उपचार दिवसको अवसरमा शनिबार धादिङबेसीमा भएको खुल्ला रक्तदान कार्यक्रममा २७ जना पुरुष र ९ जना महिला सहित ३६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजनामा ‘महामारीमा प्राथमिक उपचार अभ्यासहरुमा अनुकुलता’ भन्ने नाराको साथ विश्व प्राथमिक उपचार दिवस २०७७ को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कोरोना भाइरस कोभिड १९ का कारण देशभर रगतको अभाव भैरहँदा बिरामी, गर्भवती महिलाहरु तथा घाईतेहरुलाई सहज रुपमा रगत उपलब्ध होस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । धादिङ शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, धादिङका सभापति नवराज छत्कुली, रेडक्रस धादिङका पदाधिकारीहरु, युवा रेडक्रस सर्कलका विद्यार्थीहरु, स्वयंसेवी रक्तदाताहरु ल्गायत जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस