धादिङ २३ भाद्र
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण यस वर्ष विद्यार्थीहरुको पठन पाठनमा समस्या उत्पन्न भएकाले बैकल्पिक शिक्षणलाई जोड दिनुपर्ने शिक्षा विकास तथा समन्यन इकाई धादिङका प्रमुख अम्विका प्रसाद आर्चायले बताउनु भएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७७ को अवसरमा पशुपति माध्यमिक विद्यालय नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित दामगाडेमा भएको छात्रवृत्ति वितरण र सम्मान कार्यक्रममा बोल्नु हुँदै आर्चाले सो कुरा बताउनु भएको हो । आचार्यले आफ्नो बालबालिकाहरुको पढाई के कस्तो रहेको छ ? यस विषयमा अभिभावकहरुले विद्यालयमा निरन्तर निगरानी गरिरहन आवश्यक रहेको बताउनु भयो । कार्यक्रमकै अवसरमा पशुपति माध्यामिक विद्यायलयका विज्ञान विषयका शिक्षक शिवराम श्रेष्ठ यस वर्षका उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनु भएको छ । विद्यालयका पूर्व विद्यार्थी सन्दिप ढुङ्गानाले जेहेनदार र आर्थिक अवस्था कमजोर भएको २० जना विद्यार्थीहरुलाई झोला, जुत्ता, लगायत स्टेशनरीका सामान वितरण गर्नुभएको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष हर्कबहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक/शिक्षिकाहरु लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस