धादिङ २३ भाद्र
कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि धादिङमा श्रावण २८ गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । निषेधाज्ञाको रुप परिवर्तन गर्दै बुधबारबाट बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बजार खुल्ने भएका छन् । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको संयोजकत्वमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो निणर्य गरेको हो । धादिङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै सुरु भएको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बुधबारबाट बिहान ७ देखि बेलुका ५ बजेसम्म बजार खुल्ला गर्ने निणर्य भएको हो । विशेष सावधानीका साथै भौतिक दूरी अपनाउँदै व्यवसायीहरुलाई व्यवसाय सञ्चालन प्रशाशनले विशेष आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस